मकवानपुर: बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन्। बानियाँले कांग्रेसका थप पाँचजनालाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् बिस्तार गरेका हुन्।
शुक्रबार कांग्रेसका तर्फबाट प्रभातकुमार तामाङ आर्थिक मामिला तथा योजना मन्त्री, शिवराज अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री, कञ्चनचन्द्र बादे सामाजिक विकासमन्त्री, बिनु रायमाझी सहकारी तथा गरिबी निवारण मन्त्री, सुरेश श्रेष्ठ संस्कृति तथा पर्यटन मन्त्री र उर्मिला केसी युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्।
नवनियुक्त मन्त्रीहरुको केहिबेरमा सपथ कार्यक्रम तय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ। कांग्रेस र एमालेको गठबन्धन रहेको बागमती प्रदेशमा एमालेको भागमा परेको ६ जना मन्त्रीले यसअघि २० साउनमै सपथ लिइसकेका छन्।
प्रतिकृया दिनुहोस्

























