मकवानपुरका विज्ञ तथा अनुभवी व्यक्तिसँग संवाद गर्न चाहन्छु: ई. सुरेन्द्र लामा, अध्यक्ष उनेपा मकवानपुर

मकवानपुर: उज्यालो नेपाल पार्टी (उनेपा) मकवानपुरका अध्यक्ष सुरेन्द्र लामाले जिल्लाका सबै स्थानीय तहका विभिन्न क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तिहरूसँग भेटघाट र संवाद गर्ने बताएका छन्।

इन्जिनियरसमेत रहनुभएका अध्यक्ष लामाले स्थानीय आवश्यकता, सम्भावना र विकासका प्राथमिकताबारे विज्ञ तथा अनुभवी व्यक्तिहरूको ज्ञान, अनुभव र सुझाव लिन चाहेको बताएका हुन्।

लामाले सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै सम्बन्धित क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तिहरूलाई टिप्पणी, सेयर वा इनबक्समार्फत जोडिन आग्रह गरेका छन्।

स्थानीय तहको विकास र जनआवश्यकतासँग सम्बन्धित विषयमा विज्ञहरूको सुझाव र अनुभवलाई समेट्ने उद्देश्यले संवाद गर्न चाहेको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.