बागमती: मकवानपुरको बागमती गाउँपालिकाको प्रतीक चिह्न (लोगो) छनोटका क्रममा प्रमोद राईले तयार पारेको लोगो उत्कृष्ट घोषित भएको छ।
राईलाई गाउँपालिकाका अध्यक्ष सर्केश घलान र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले ३० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेका छन्।
गाउँपालिकाले प्रतीक चिह्न निर्माणका लागि सूचना जारी गरेकोमा चार जनाले लोगो बुझाएका थिए। तीमध्ये राईले तयार पारेको लोगो उत्कृष्ट छनोट भएको हो। पुरस्कार वितरण कार्यक्रममा वरिष्ठ लेखा अधिकृत झम्कनारायण घलानको पनि उपस्थिति रहेको थियो।
प्रतिकृया दिनुहोस्























