मकवानपुर: मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको घटना सार्वजनिक भएको छ।
प्रहरीका अनुसार मंसिर ११ गते राति इन्द्रसरोवर गाउँपालिका–४ गोठभित्ता निवासी करिब ४०–४२ वर्षीय रमेश पाख्रिनले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती करिब ३५–४० वर्षीया रुकु पाख्रिनलाई कुटपिट गरेका थिए।
कुटपिटबाट रुकु अचेत भएको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी फाखेलबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा रुकु घरभित्रको सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। श्रीमानलाई पक्राउ गरि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
प्रतिकृया दिनुहोस्




















