मकवानपुर: हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना लामासहितको टोलीले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग भेटघाट गरेको छ।
भेटमा हेटौँडा–१३ का वडाध्यक्ष पेम्बा तामाङ र वडा नं. १४ का वडाध्यक्ष दीपक खड्कासहितको टोली पनि सहभागी थियो।
भेटका क्रममा समसामयिक राजनीति, स्थानीय विकास, सुशासन र पार्टीको भावी राजनीतिक यात्रालगायतका विषयमा विचार–विमर्श भएको जनाइएको छ।
उज्यालो नेपालको अभियान तथा भावी सहकार्यका सम्भावनाबारे समेत सकारात्मक संवाद भएको बताइएको छ।
प्रतिकृया दिनुहोस्




















