मकवानपुर: मकवानपुरको बकैया गाउँपालिका–१, रजुवामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको आरोप एक पुरुष पक्राउ परेका छन् ।
प्रहरीका अनुसार २०८३ कात्तिक १६ गते राति करिब १ः४० बजे हाल बकैया–१, रजुवास्थित दिदीको घरमा बसेर अध्ययन गर्दै आएकी बालिकामाथि सोही स्थानका २६ वर्षीय रामशरण भोम्जनले जबरजस्ती करणी गरेको आरोप छ। उनलाई प्रहरीले पक्राउ गरेको छ।
घटनाबारे जबरजस्ती करणीसम्बन्धी जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको छ।
प्रतिकृया दिनुहोस्




















