बकैयाकी सुजता भोलनले दिलाइन नेपालका लागि अन्तरास्ट्रिय करातेमा स्वर्ण

मकवानपुर: नेपालको प्रतिनिधित्व गर्दै बंगलादेशमा कराते खेल्न पुगेकी बकैयाकी सुजता भोलनले नेपालका लागि अन्तरास्ट्रिय करातेमा स्वर्ण पदक दिलाएकी छन् ।

बकैया-३ की भोलनले बङ्लादेशको ढाकामा सम्पन्न १० औं साफ (अन्तर्राष्ट्रिय) कराते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै ५३ केजि अन्तर्गत यु-16 मा नेपाललाई स्वर्ण पदक दिलाएको हो। यो स्वर्ण नेपाल र बकैयाका लागि ऐतिहासिक रहेको खेलकुद विकासका संयोजक विजय लामा थिङको भनाई छ। पालिकाका खेलकुद विकास समितिले विभिन्न कराते प्रतियोगिताहरु आयोजना गर्दै सम्मानको कार्य गर्दै खेलाडीहरुलाई प्रोत्साहन गरिरहेको उहाँको भनाई छ।

संयोजक थिङले बकैया गाउँपालिकाको शिर उच्च पारेको भन्दै उपलब्धि हासिल गर्ने प्रेरणा प्रदान गर्ने परिवार, विद्यालय तथा प्रशिक्षण गराउने प्रशिक्षक भिम घलान तथा बकैया कराते महासंघलाई धन्यवाद दिनुभएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.