बागमतीले विद्यालयस्तरमा रेबिज रोगसम्बन्धी सचेतनामुलक कार्यक्रम गर्ने

बागमती: मकवानपुरको बागमती गाउँपालिकाले विद्यालयहरुमा रेबिज रोग सम्बन्धी सचेतनामुलक कार्यक्रम आयोजना गर्ने भएको छ। असोज १२ गतेदेखी १४ गतेसम्म बागमतीभित्रका ५ माविमा जनचेतनामुलक कार्यक्रम गर्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले बताउनुभयो ।

कार्यक्रममा रेबिज रोग, यसको संक्रमण, रोकथाम तथा कुकुर/अन्य जनावरको टोकाइपछि अपनाउनुपर्ने सावधानीबारे जनचेतना गराउने पशुपंक्षी विकास शाखाका प्रमुख डा.निकास भोलनले बताउनुभयो ।छ।

शाखा प्रमुख भोलनका अनुसार गाउँपालिकाका असोज १२ गते वडा-५ ज्यामिरेस्थित प्राविधिक शिक्षालय देवकी माविमा र बागमती–८ स्थित जनता माविमा सचेतनामुलक कार्यक्रम आयोजना गर्ने भएको छ । यस्तै असोज १३ गते वडा-२ राईगाउँस्थित बागमती माध्यमिक विद्यालय र वडा-१ माझगाउँस्थित सुर्य माविमा कार्य हुनेछन् भने १४ गते वडा नम्बर ९ बेतिनीस्थित बाघभैरव माविमा हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.