नेपाली कांग्रेस बकैयाको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

मकवानपुर: नेपाली कांग्रेस बकैया गाउँकार्य समितिद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार पार्टी बकैयाका सभापति गोपाल बहादुर नेसुरको सभाध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला सभापति बुद्ध लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।

बकैया गाउँपालिका–३ मा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेस मकवानपुर-१ का सभापति सुशान्त कुमार श्रेष्ठ, नेताहरु प्रभात दाहाल, इश्वर पाठक, दामोदर खनाल नेकपा बागमती प्रदेश सदस्य एवम् बकैयाका उपाध्यक्ष भक्तबहादुर खत्री र नेपाली काङ्ग्रेस बकैयाका पुर्वसभापति दिल बहादुर भोम्जन लगायत नेपाली कांग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.