कुवेतमा मृत्यु स्वर्गीय पोतेमायाप्रति श्रद्धाञ्जली अर्पण गर्न पुगे हरिहरपुरगढीका अध्यक्ष वाईबा

काठमाडौं/पवन वाईबा: वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगि आफ्नो ज्यान गुमाएकी सिन्धुलीको हरिहरपुरगढी-१ की ३३ वर्षिय पोतेमाया वाईबाको बौद्ध संस्कार अनुसार घेवा कार्य सुरु गरिएको छ। काठमाडौंको स्वयम्भुमा गत हप्ता दाह संस्कारपछी वाईबाको घेवा कार्य गरिएको हो।

घेवामा श्रद्धाञ्जली अर्पण गर्न हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबा पुग्नुभएको छ भने शोकाकुल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्नुभएको छ। अध्यक्ष वाईबा स्वर्गीय पोतेमायाको शव नेपाल ल्याउन पहल गर्नुका साथै आफै शव लिन एयरपोर्टसम्म पुगेर अन्तेष्टि कार्यमा पनि पुग्नुभएको थियो।

घरेलु कामदारको रुपमा कुवेत पुगेकी ३३ वाईबाको २५ दिनपछि शव नेपाल ल्याइएको थियो। स्वर्गीय वाईबाकी ३ जना बालबच्चा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.