प्रथम बागमती अन्तरस्थानीय कर्मचारी फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

बागमती: मकवानपुरको बागमती गाउँपालिकामा आयोजना हुने ‘प्रथम बागमती अन्तरस्थानीय कर्मचारी फुटबल प्रतियोगिता–२०८३’ को खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिताका संयोजक डा. निकास भोलनका अनुसार मकवानपुरका ९ वटा स्थानीय तह र छिमेकी जिल्लाका ३ स्थानीय तह सहभागी प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको हो।

प्रतियोगितामा मकवानपुरका राक्सिराङ गाउँपालिकाको टिमबाहेक अन्य स्थानीय तहको टिमले सहभागी जनाएको छ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका र मरिण गाउँपालिका तथा काभ्रेको खानीखोला गाउँपालिकाको टिम सहभागी छ।
प्रतियोगिताको उद्घाटन खेलमा भोलि शुक्रबार आयोजक बी र खानीखोलाको टिम बीच बिहान ७ बजे प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता असोज २३ गतेदेखि २५ गतेसम्म बागमती–४, झुरझुरेस्थित शहीद स्मृति रंगशालामा सञ्चालन हुनेछ।

प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई २५ हजार प्रदान गरिनेछ। यस्तै, विजेता तथा उपविजेता टोलीलाई मेडल, ट्रफी र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.