मकवानपुर: सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ का धुबी, सोलीगोप्टे र सिम्रेटी क्षेत्रमा पनि विध्युत विस्तार भएको छ। वडाका युवा नेता पवन वाईबाका अनुसार उक्त क्षेत्रका ५२ घरधुरीमा विद्युत् सेवा पुगेको हो।
गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाको विशेष पहल, अन्य जनप्रतिनिधि र स्थानीयहरुको सक्रियतामा वडा नम्बर १ भरि नै बत्ती बाल्न सफल भएको उनको भनाई छ।
विद्युत् सेवा पुगेका क्षेत्रको अवलोकन तथा स्थानीयसँगको भेटघाट कार्यक्रममा पूर्ववडाध्यक्ष रमेश घलान (कार्सङ), गाउँपालिकाको योजना शाखाका कर्मचारी लक्ष्मण वाईबा, युवा नेता दीपक भोलन, तोइनाथ वाईबा र सुशील भोलनलगायतको उपस्थिति रहेको थियो। विद्युत् सेवा विस्तारसँगै स्थानीयवासीको दैनिक जीवन सहज हुने तथा विकासका गतिविधिमा थप सहयोग पुग्ने छन् ।
प्रतिकृया दिनुहोस्





















