बंशगोपाल सहकारीका शेयर सदस्यहरुले लिए बाटेको धुप बनाउने तालिम

जेठ २५ गते, हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नं. १८ हर्नामाडीस्थित वंशगोपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुका लागि एकदिने निुशल्क बाटेको धुप बनाउने तालिम दिएको छ । संस्थाले चालुआर्थिक वर्षको बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत आईतबार तालिम दिएको हो ।

तालिमका प्रमुख अतिथि एवं सहकारीका अध्यक्ष अरुण कुमार खतिवडाले शेयर सदस्यहरुलाई शीप विकास गरी व्यवासायिक बनाउने उद्धेश्य अनुरुप तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले घरै बसेर पनि धेर थोर आम्दानी लिन सकिने र लगानी समेत कम पर्न जाने व्यवसायका पनि भएकाले संस्थाले एक दिनको भएपनि तालिम प्रदान गरेको बताउनुभयो । अध्यक्ष खतिवडाले सहकारीको आगामी बजेटमा विशेषत महिला शिप विकासलाई केन्द्रित गरेर तालिमहरु सञ्चालन गरिने समेत जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रशिक्षक सीता बस्नेतले आफुले पनि तालिम लिएरै प्रशिक्षकसम्मको जिम्मेवारी बहन गरिरहेको र हालसम्म धेरै दिदीबहिनीहरुलाई धुप बनाउने तालिम दिईरहेको बताउनुभयो । उहाँले तालिममा सिकेका कुरालाई निरन्तरता दिन आग्रह गर्नुभयो ।


बाटेको धुप बनाउने तालिममा २५ जनाभन्दाबढी शेयर सदस्य सहभागी भएका थिए । सहभागीहरुले बाटेको धुप बनाउने तालिम प्रभावकारी रहेको बताए । पूजाआजाका लागि दैनिक आवश्यक पर्ने धुप आफैले बनाउन सकिने भन्दै सहभागीहरुले खुशी व्यक्त गरेका थिए ।सहकारीले यसअघि ५ दिने निशुल्क सेल्फ मेकअप तालिम, कृषि तालिम तथा सहकारी शिक्षा शिविर प्रदान गर्दै आईरहेको छ । गतवर्र्ष ११ करोडबढी करोबार गरेको सहकारीले चालु आर्थिक वर्षमा १२०० शेयर सदस्य पुर्‍याउने लक्ष्य लिएको छ । हाल सहकारीमा ११०० बढी शेयर सदस्यहरु रहेका छन् । सहकारीका सचिव बरुण खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समिति सदस्यहरु, ऋण उपसमिति सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.