बागमती गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

बागमती: मकवानपुरको बागमती गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। बिहीवार एक कार्यक्रमका बिच गाउँपालिकालाई बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो।

गाउँपालिकाले पुर्ण खोप सुनिश्चितता निर्देशिका बमोजिम सम्पुर्ण प्रक्रिया पूरा गरेको हो। पालिकाभित्रका जन्मेदेखी १५ महिनाको ३४५ जना बालबालिकाले तोकिएको उमेरमा पाउनुपर्ने खोप पाइरहेका र १६ देखि ५९ महिनाका १३ सय २५ जना बालबालिकाले पुर्ण खोप पाएको सुनिश्चितता गरिएको छ।

कार्यक्रममा बागमती गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम राख्न हस्ताक्षर पनि गरिएको छ। कार्यक्रमको सहजीकरण पालिकाका स्वास्थ्य शाखाका प्रमुख दिनेश गुप्ता र अधिकृत योगेश घलान लगायतले गर्नुभयो । कार्यक्रममा ९ वटै वडा र खोपकर्ताहरुलाई सम्मान गरिएको छ।


बागमती गाउँपालिकाका अध्यक्ष एवम् खोप समन्वय समितिका संयोजक सर्केश घलानको सभाध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष फणीन्द्र कुमार तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, स्वास्थ्य कार्यालय मकवानपुरका खोप फोकल पर्सन वासुदेव रिमाल, बागमती-३ का वडाध्यक्ष कमान सिं पाख्रीन, १ का कार्यवाहक वडाध्यक्ष हस्त बहादुर थिङ, ४ का वडाध्यक्ष दन्तलाल माझी र ७ नम्बरका वडाध्यक्ष उत्तर बहादुर भोलन लगायतको आतिथ्यता रहेको थिगो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.