बकैया पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम पालिका घोषणा

बकैया: मकवानपुरको बकैया गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम भएको स्थानीय तहका रूपमा घोषणा गरिएको छ।

पूर्ण खोप सुनिश्चितता निर्देशिका, २०७७ (तेस्रो संस्करण) बमोजिम आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।

गाउँपालिकामा ० देखि १५ महिनासम्मका ६०१ जना बालबालिकाले उमेर अनुसार पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेको तथा १६ देखि ५९ महिनासम्मका १,८०७ जना बालबालिकाको पूर्ण खोप सुनिश्चितता गरिएको जानकारी जनाएको छ।

गाउँपालिकाका अध्यक्ष एवम् पालिका खोप समन्वय समितिका संयोजक धर्मराज लामिछाने र संस्थापक अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनालाई आगामी दिनमा पनि निरन्तर कायम राख्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.