विद्यार्थी कुटपिट गरेको आरोप लागेका हेटौंडाका शिक्षक पक्राउ

मकवानपुर: मकवानपुर प्रहरीले विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक शिक्षकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीस्थित श्री तासिर इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुल का सामाजिक शिक्षा शिक्षक अच्युत ओझालाई नियन्त्रणमा लिएको हो।

शिक्षक ओझाले कक्षा ८ मा अध्ययनरत १२ वर्षीय एक विद्यार्थीलाई कक्षाकोठाभित्र कुटपिट गरेको आरोप लागेको छ। घटनासम्बन्धी बालबालिकाविरुद्धको कसुरमा जाहेरी परेपछि प्रहरीले जेठ १६ गते साँझ शिक्षक ओझालाई उनकै निवासबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

घाइते विद्यार्थीको नयाँ मेडिकल कलेज, भरतपुर चितवन मा उपचार भइरहेको छ। चिकित्सकका अनुसार विद्यार्थीको टाउकोमा चोट लागेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.