लागूऔषध गाँजासहित चितवनका चेपाङ हेटौंडाबाट पक्राउ

मकवानपुर: प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले ७ किलो ४५० ग्राम लागूऔषध गाँजा सहित एक युवकलाई पक्राउ गरेको छ।

मकवानपुरको हेटौडा उप–महानगरपालिका वडा-१५, रातोमाटे चेकपोइन्टमा पूर्व–पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ६९१ नम्बरको यात्रु बस रोकी तलासी गर्दा उक्त गाँजा फेला परेको हो।

प्रहरीका अनुसार, बसमा सवार चितवन राप्ती नगरपालिका–१२ तिरुवा निवासी २७ वर्षीय रोहित चेपाङको झोलामा गाँजा लुकाइ ल्याएको अवस्थामा बरामद गरिएको हो।

बरामद गरिएको लागूऔषधसहित चेपाङलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालत हेटौडाबाट म्याद अनुमति प्राप्त गरी लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.