गृहमन्त्रीले न्यायालय प्रभावित पार्न भूमिका खेलेको रास्वपाको आरोप

मकवानपुर: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकलाई न्यायालय प्रभावित पार्न भूमिका खेलेको गम्भीर आरोप लगाएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय लिएर बोल्दै रास्वपाकी सांसद डा। चन्दा कार्कीले यस्तो आरोप लगाएकी हुन् ।

उनले भनेकी छन्, ‘मानव तस्करीको कुरा मात्र होइन, न्यायलयमा उहाँ ९गृहमन्त्री रमेश लेखक०को हस्तक्षेपको बारेमा पूर्वप्रधान न्यायाधीश शुशिला कार्की ज्युको स्पष्ट अभिव्यक्ति सार्वजनिक भइनै सकेको छ ।’गृहमन्त्रीको सचिवालयमा उजुरी तयार पार्ने काम भएको उनको आरोप छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.