अमेरिकाको क्यालिफोर्नियामा डढेलो फैलिएपछि दशौं हजार मानिसको उद्धार

अमेरिकाको क्यालिफोर्नियामा डढेलो फैलिएपछि दशौं हजार मानिसको उद्धार गरिएको छ । तीव्र गतिमा फैलिरहेको डढेलोका कारण लस एन्जलसको प्यासिफिक प्यालिसेड्सबाट दशौं हजार मानिसको उद्धार गरिएको हो ।

अग्नि नियन्त्रकहरूले केही घण्टाभित्रै आगो पाँच वर्ग किलोमिटरभन्दा धेरै क्षेत्रफलमा फैलिएको बताएका छन् । अग्नि नियन्त्रकहरूले हेलिकप्टर र दमकलको सहयोगमा आगो निभाउने प्रयास गरिरहेका छन् ।

आगो फैलिएको क्षेत्रमा दुई सय ५० को सङ्ख्यामा विमान र दमकल परिचालन गरिएको छ । तर सुक्खा र एक सय ६० किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाले आगो अझै फैलिएको छ । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले तीव्र हावाले अन्त पनि डढेलो फैलिन सक्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।

यसअघि मानिसहरू सुरक्षित ठाउँमा जाने प्रयास गर्दा ठाउँठाउँमा गाडीको आवागमन प्रभावित भएको थियो । कतिपयले आफ्नो गाडी छाडेर भागेका छन् । सान्टा आना नामक शक्तिशाली हुरीले डढेलोलाई तीव्र गतिमा फैलाएको खबरमा उल्लेख छ । डढेलोको जोखिम अझै उच्च भएकाले चेतावनी जारी गरिएको छ ।

विगत केही वर्षयता अमेरिकामा डढेलोको आकार र अवधि बढेको पाइएको छ । सुक्खा मौसमका कारण क्यालिफोर्नियामा डढेलोका घटना दोहोरिरहन्छन् । सन् २०१८ मा उत्तरी क्यालिफोर्नियामा अहिलेसम्मकै खराब डढेलो लागेको थियो ।स्रोत उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.