आईपीएल क्रिकेटमा बेंगलुरुले गुजरातलाई हरायो

Royal Challengers Bangaluru players step into the field during the Indian Premier League cricket match between Royal Challengers Bangaluru and Sunrisers Hyderabad in Bengaluru, India, Monday, April 15, 2024. (AP Photo/Kashif Masood)

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले गुजरात टाइटन्सलाई हराएको छ । गएराति भएको खेलमा बेंगलुरुले गुजरातलाई ४ विकेटले हराएको हो । गुजरातले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको बेंगलुरुले १३ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो । बेंगलुरुका कप्तान फ्लाप डु प्लेसिसले सर्वाधिक ६४ रन बनाए ।

त्यसअघि टस हारेर पहिला व्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । उसका शाहरुख खानले ३७ रन बनाए । जितसँगै बेंगलुरु ११ खेलमा ४ मा जित र ७ मा हार व्यहोरेर  ८ अङ्कका साथ तालिकाको सातौँ स्थानमा उक्लेको छ । समान खेल र समान अङ्क रहेको गुजरात रनरेटका आधारमा नवौँ स्थानमा छ ।

आईपीएलमा आज दुई वटा खेल हुँदै छन् । पहिलो खेल पञ्जाब किंग्स र चेन्नई सुपर किंग्सबीच नेपाली समयअनुसार दिउँसो पौने ४ बजे खेल हुनेछ । यस्तै दोस्रो खेलमा लखनउ सुपर जायन्ट्स र कोलकात्ता नाइट राइडर्स खेल्दैछन् । यो खेल बेलुका पौने ८ बजे शुरु हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.