उधोग र व्यापारको माध्यमबाट देशप्रति मारवाडी समुदायको योगदान ठूलो छ : मन्त्री श्रेष्ठ

२४ चैत/हेटौंडा। बागमती सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री एका लाल श्रेष्ठले उधोग तथा व्यापारको माध्यमबाट मारवाडी समुदायले राष्ट्रलाई ठूलो योगदान पुर्याएको बताउनुभएको छ ।

मारवाडी एशोसिएसन मकवानपुरको २८ औं वार्षिक साधारणसभा एवं सम्मान कार्यक्रमका प्रमुख अतिथि खानेपानी, उर्जा तथा सिंचाई मन्त्री श्रेष्ठले देशको जनसंख्याको हिसाबले सानो भएपनी राजश्व तिर्नेको ठूलो हिस्सेदार मारवाडी समुदाय रहेको भन्दै राज्यले सबै जातजाति र समुदायलाई समान रुपमा व्यवहार गर्दै आएको बताउनुभयो । नेपाल बहुजातिय बहुभाषिक राष्ट्र भएकोले यहाँ सबै जातजाति समुदायको उत्तिकै समान अधिकार छ । कानुनतः जातीय विभेद दण्डनीय भएकोले त्यस्तो भएमा दण्डको भागिदार हुने उहाँले बताउनुभयो । यसैगरी विशेषगरि व्यवसायिक घराना भनेर चिनिने मारवाडी समुदाय र नयाँ पिढीलाई उधोग व्यवसायको क्षेत्रमा मात्रै नभई अन्य क्षेत्रमा पनि उत्तिकै अघि बढ्नलाई आग्रह गर्नुभयो । कार्यक्रमका विशेष अतिथि मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाईले व्यापारको क्षेत्रमा अगाडि रहेको मारवाडी समुदाय परोपकारी र सामाजिक कार्यका क्षेत्रमा खेलेको भुमिकाको प्रसंशा गर्नुभयो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलले आफू निर्वाचित भएर आएदेखी मारवाडी समुदायलाई हरेक प्रकारको साथ र सहयोग प्रदान गर्दै आएको बताउनुभयो । हेटौंडा बजारको मुख्य व्यापारिक क्षेत्र रहेको ४ नम्बर वडामा आउने सर्वसाधारणको लागि हुप्रचौरमा निशुल्क सार्वजनिक शौचालय निर्माण गरिसकेको र अब कान्तिराजपथ क्षेत्रमा थप एउटा निशुल्क सार्वजनिक शौचालय निर्माणको चरणमा रहेको जानकारी गराउनुभयो । साधारणसभामा मकवानपुर उधोग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवाल, रुङ्टा ग्रुपका प्रमुख मुरलिधर रुङ्टा, मारवाडी महिला मञ्चकि अध्यक्ष सुनिता शर्मालगाएतले शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमका अवसरमा जेष्ठ नागरिक ४ दम्पतीलाई खादा लगाएर सम्मान समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.