थाइल्याण्डसँग सीमा जोडिएको ‘म्यावड्डी शहर’ म्यानमारको विद्रोही सेनाको कब्जामा

म्यानमारको विद्रोही सेनाले थाइल्याण्डसँग सिमाना जोडिएको ‘म्यावड्डी शहर’ कब्जा गरेको छ । ‘म्यावड्डी सहर’ को सुरक्षामा खटिएको सेनाले विद्रोही समूहसमक्ष आत्मसमर्पण गरेका बीबीसीले जनाएको छ ।

तीन वर्षअघि म्यानमारको सत्ता कब्जा गरेको सैन्य शासकका लागि यो अर्को ठूलो हार हो । केही महिनाअघि चीनको सीमा नजिकको शान राज्य र बंगलादेशको सीमा नजिकको रखाइन राज्यका धेरैजसो ठाउँ पनि विद्रोही सेनाले कब्जा गरेको थियो ।

थाइल्याण्डसँग म्यानमारको धेरैजसो स्थल व्यापार ‘म्यावड्डी सहर’ बाट हुने भएकोले पछिल्लो हार सेनाका लागि ठूलो धक्का रहेको बीबीसीले जनाएको छ । म्यानमारको क्यारन विद्रोही सेनाले सैन्य कु को विरोधमा लडाइँ गरिरहेको छ ।  श्रोत उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.