बागमतीको विभिन्न स्थानमा सरसफाइ जनचेतनामूलक कार्यक्रम

बागमती: बागमती गाउँपालिकाको विभिन्न स्थानमा सरसफाइ कार्यक्रम आयोजना भएको छ। आइतबार वडा नम्बर १ र ४ का विभिन्न स्थानमा सरसफाइ कार्यक्रम आयोजना भएको हो।

आइतबार बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, पालिकाका कर्मचारीहरु, जीवन विकास लघुवित्त वित्तीय सहकारीका कर्मचारी र स्थानीयहरुले वडा नम्बर ४ स्थित पालिका परिसर र झुरझुरे क्षेत्रमा सरसफाइ गरिएको छ।

यस्तै आइतबार नै वडा नम्बर १ अन्तरगतका विद्यालय, सम्झनाबजार तथा सार्वजनिक स्थलहरूमा “स्वच्छ पानी, स्वच्छ वातावरण, हामी सबै मिलि गरौँ अभियान” भन्ने मूल नारासहित सरसफाइ जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

राईगाउँ १ र २ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आयोजनामा भएको कार्यक्रममा सूर्य माध्यमिक विद्यालयको प्राङ्गणमा विशेष कार्यक्रम समेत राखिएको थियो । सो अवसरमा समितिका अध्यक्ष भीमकुमार राईले सूर्य माविका प्रधानाध्यापक राजकुमार राई र टंकेश्वर आधारभूत विद्यालयकी प्रधानाध्यापक विनाकुमारी राईलाई एक–एक थान डस्टबिन हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा वडा प्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, स्काउट प्रतिनिधि, स्वयंसेविका, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्यहरूको उपस्थिती रहेको समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.