बागमती नदीले बगाएका बागमती-१ का घलानको शव भेटियो

बागमती: बागमती नदीले बगाएर बेपत्ता भएका मकवानपुर जिल्लाको बागमती गाउँपालिका–१ माझगाउँ खेस्रेखोलाका १८ वर्षीय सोमबहादुर घलान मृत फेला परेका छन् । शुक्रबार रौतहटको गौरमा घलानको शव फेला परेको हो।

असोज १ गते दिउँसो करिब ३ः३० बजे बुवासहित ४ जना बागमती नदीमा माछा मार्न गएका थिए। उक्त क्रममा नदीले सोमबहादुरलाई बगाएको हो। घलानको शव आफन्तले बुझेर पोष्टमार्टमसमेत गरिसकेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.