बागमतीको विद्यालयहरुमा असोज २० गतेसम्म विदा

बागमती: मकवानपुरको बागमती गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालय आज शुक्रबारदेखि असोज २० गतेसम्म बन्द हुने भएको छ।

गाउँपालिकाको शैक्षिक क्यालेन्डर अनुसार असोज ३ गतेदेखि २० गतेसम्म विद्यालयहरुमा विदा दिइएको गाउँपालिकाका शिक्षा शाखाका प्रतिनिधि प्रमोद राईले जानकारी दिनुभयो।

असोज ३ गते संविधान दिवस सार्वजनिक विदा, ४ गते शनिबार, ५ गते वर्षे बिदा मिलान र ६ गते घटस्थापना देखि गोजाग्रत पूर्णिमा २० गतेससम्म दशै विदा दिइएको हो। बागमतीमा ५० सामुदायिक विद्यालयहरु छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.