बागमती नदीले बगाएका घलान अझै बेपत्ता

बागमती: मकवानपुर जिल्लाको बागमती गाउँपालिका–१ बाट बागमती नदीले बगाएको युवा अझै बेपत्ता छ। बुधबार बुधबार दिउँसो करिब ३ः३० बजे घरदेखि नजिक बागमती नदीमा माछा मार्न गएका १८ वर्षीय छोरा सोमबहादुर घलानलाई नदीले बगाएको थियो।

`हिजोदेखी नदीले बगाएर बेपत्ता भएको भनी खबर आएपछि हामी प्रहरी साथीहरू र स्थानीयहरु खोजी कार्यमा लागिरहेका छौँ, आज बिहीवार दिउँसो १२ बजेसम्म पनि भेटिएका छैन।´ प्रहरी सहायक निरीक्षक कमल प्रसाद यादवले भने।

बुधबार घलानको बुबासहित ४ जना बागमती नदीमा माछा मार्न गएका थिए। बेपत्ता घलानको खोजी कार्यमा प्रहरी र स्थानीयहरु खटिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.