बागमती: मकवानपुर जिल्लाको बागमती गाउँपालिका–१ माझगाउँ खेस्रेखोलाका एक युवा माछा मार्ने क्रममा बागमती खोलाले बगाएको छ।
स्थानीय गुञ्जमान घलानका १८ वर्षीय छोरा सोमबहादुर घलान बुधबार दिउँसो करिब ३ः३० बजे घरदेखि करिब ५ सय मिटर पूर्वतर्फ रहेको बागमती खोलामा माछा मार्न गएका थिए। उक्त क्रममा आकस्मिक रुपमा खोलाले सोमबहादुरलाई बगाएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी वरिष्ठ निरीक्षक कमल प्रसाद यादवको कमाण्डमा प्रहरी टोली खटिएको र हाल स्थानीयवासी तथा प्रहरीको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको मकवानपुर प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्





















