मकवानपुर: बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन् । उनले आज उपसभामुखलाई सम्बोधन गरेको राजीना पत्रमार्फत सभामुख पद त्याग गर्ने घोषणा गरेका हुन् ।

राजीनामा पत्रमा भनिएको छ `गत भाद्र २३ गते जेन(जी को भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनको क्रममा अस्वाभाविक बल प्रयोगबाट राष्ट्रवादी नेपालीहरूले अनाहकमा सहादत प्राप्त गरे पछि म अत्यन्त भावियोल भएँ।´
राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरित पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने अन्तर आत्मामा लागेपछि आफुले भाद्र २४ गते नै सामाजिक संजालबाट राजिनामा गर्ने घोषणा गरेको पाठकले बताए । पाठक २०७९ साल पुस २९ गते राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सभामुखमा निर्वाचित भएका थिए।
प्रतिकृया दिनुहोस्






















