घर जल्दा करौडौं क्षति, १२ दिनपछि अस्ताए बकैयाका जिम्बा

मकवानपुर: मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरका लिलाराम जिम्बाको निधन भएको छ । गत भदौ २० गते आफ्नै घरमा आगलागी हुँदा घाइते हुनुभएका जिम्बाको बुधबार बिहान उपचारको क्रममा काठमाडौंमा निधन भएको हो ।

जिम्बाको घरमा आगलागी हुँदा १५ लाख नगदसहित करिब २ करोड मूल्य बराबरको क्षति भएको थियो। आगो निभाउने क्रममा ४५ वर्षीय घरधनी जिम्बा घाइते हुनुभएको थियो। जिम्बालाई थप उपचारका लागि हेटौँडाबाट काठमाडौँको कीर्तिपुरस्थित अस्पतालमा पठाइएकोमा उपचारको क्रममा निधन भएको छ।

गत शुक्रबार पेट्रोलको ड्रमबाट सानो भाडामा पेट्रोल हाल्ने क्रममा ड्रम पल्टेर बलेको दियोमा पेट्रोल पोखिँदा अचानक आगलागी हुँदा जिम्बाको दुई तले पक्की घर पूर्ण रूपमा जलेर क्षति भएको थियो । यस्तै सहकारी रकम घरमा ल्याएर राखिएको १५ लाख नगद, ३० थान ग्यास सिलिन्डर, २ वटा मोटरसाइकल, खाद्यान्न, अन्नपात, लत्ता कपडा, फर्निचरलगायत सामान जलेर नष्ट भएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.