मकवानपुरमा १५७ किलो गाँजासहित सिन्धुपाल्चोकका तामाङ पक्राउ

मकवानपुर: मकवानपुर प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गर्दै एक जना कन्टेनर चालकलाई पक्राउ गरेको छ।

मंगलबार बिहान करिब ६ बजे इलाका प्रहरी कार्यालय भिमफेदी र प्रहरी चौकी भैसेबाट खटिएको संयुक्त प्रहरी टोलीले भिमफेदी गाउँपालिका–२ भैसे चेकपोष्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा बा २ ख ३२१९ नम्बरको कन्टेनरलाई रोकेको थियो।

चेकजाँचका क्रममा कन्टेनर चालक, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ का ४१ वर्षीय विर बहादुर तामाङलाई शंका लागेपछि प्रहरीले गाडी खानतलासी गरेको थियो। सो क्रममा कन्टेनरको पछाडिको डिब्बामा लुकाइछिपाइ राखिएको १२ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजाको तौल १५७ किलो १२० ग्राम रहेको छ।

गाँजा सहित कन्टेनर गाडीलाई बरामद गरी चालक तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनलाई लागुऔषधसम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.