जन्मदिनको अवसमा थिङ्गद्धारा खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग

हेटौंडा: मकवानपुरका सञ्चारकर्मी सन्देश थिङ्गले आफ्नो जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै अशक्त वृद्धा र विद्यार्थीलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेका छन् ।

सोमबार थिङ्गले मनहरी गाउँपालिका–२ भुन्द्रुङ निवासी ९६ वर्षीया छोरीमाया स्याङ्गतानलाई खाद्यान्न र सरसफाई सामग्री हस्तान्तरण गरेका हुन् ।

उच्च उमेरका कारण अशक्त जीवन बिताइरहेकी वृद्धा स्याङ्गतान आफ्ना नाति बुद्धिमान स्याङ्गतानको स्याहारमा बस्दै आएकी छन् । आर्थिक अवस्था कमजोर भएकाले दैनिक जीवनयापनमा समेत कठिनाई खेपिरहेका उनीहरूलाई प्रदान गरिएको सहयोगले थप राहत मिल्ने स्थानीयले बताएका छन् ।

सहयोग प्रदान गर्दै थिङ्गले भने, “वृद्ध आमाको दैनिकी सहज होस् भन्ने सोचले खाद्यान्न तथा सरसफाईका सामग्री उपलब्ध गराइएको हो ।”

यसैगरी, थिङ्गले सोही दिन भुन्द्रुङस्थित टुयाङ्गकी दमार प्रारम्भिक बाल विकास केन्द्रमा अध्ययनरत बालबालिकालाई पनि शैक्षिक सामग्री वितरण गरे । उक्त केन्द्रमा हाल १८ जना विद्यार्थी अध्ययनरत छन् , जसमा १० जना प्रारम्भिक बाल विकास कक्षामा र ८ जना कक्षा–१ मा अध्ययनरत रहेका छन् । उक्त सहयोगले विद्यार्थीलाई अध्ययन गर्न थप सहजता पुग्ने थिङ्गले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.