मकवानपुरमा चट्याङ लाग्दा १ जनाको मृत्यु, ७ जना घाइते

मकवानपुर: मकवानपुरको मनहरी गाउँपालिका–६ हाङलाङमा चट्याङ लागी एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

मिति २०८२ भदौ ३ गते बेलुकी करिब ४ बजेर २० मिनेटको समयमा पालबहादुर घलानको घरमा किरियाको कामकाजका क्रममा दैलीडाँडाका ४२ वर्षीय बिसाल ब्लोनलाई चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा अन्य सात जना घाइते भएका छन् । घाइतेहरूमा हाङलाङकै १२ वर्षीया बर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेमबहादुर घलान, ३७ वर्षीय राजकुमार घलान र चितवन राप्ति नगरपालिका–११ का ४७ वर्षीय पानबहादुर मोक्तान रहेका छन् । उनीहरूलाई उपचारका लागि मनहरी अस्पताल पठाइएको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी चौकी सुनाचुरीबाट प्रहरी टोली खटिएको थियो भने थप अनुसन्धान र कानूनी प्रक्रिया अघि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.