

मकवानपुर । अखिल नेपाल शिक्षक संगठन मकवानपुरको विस्तारित जिल्ला बैठक तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएकाे छ ।
कार्यक्रम आज बुधबार नेकपा माओवादी केन्द्र मकवानपुर जिल्लाकाे पार्टी कार्यालय हेटौंडामा भएकाे हाे ।
संगठनका जिल्ला अध्यक्ष वसन्त राईकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष एवम् बागमती प्रदेश सांसद प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यमा भएकाे थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक सर्केश घलान, बागमती प्रदेश सल्लाहकार ऋषिराम पोखरेल, शिक्षक महासंघका केन्द्रीय उपमहासचिव गुरुप्रसाद पौडेल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचिवालय सदस्य एवं मकवानपुर ईन्चार्ज शम्भु विक्रम लामा, केन्द्रीय परिषद सदस्य एवं राहत शिक्षक समिति बागमती प्रदेश अध्यक्ष जिवन तिमल्सिना, बागमती प्रदेश अर्थ उपमहासचिव खेमराज लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका मकवानपुर सहईन्चार्ज गोकुल लम्साल, केन्द्रीय परिषद सदस्यहरु भोगेन्द्र लुईटेल, कमलकुमार लामा, कृष्ण खनाल र जंगबहादुर लामा लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा मकवानपुर जिल्लाका एकीकृत अखिल नेपाल शिक्षक संगठनका पालिका अध्यक्षहरुले रिपोर्टिङ्ग गरेका थिए ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरकी सचिव कमला आचार्यले स्वागत मन्तव्य राखेका थिए र कार्यक्रमकाे सहजिकरण कोषाध्यक्ष एकराज गौतमले गरेका थिए ।
