१२५ किलो लागूऔषध गाँजासहित धादिङका तामाङ हेटौंडाबाट पक्राउ

मकवानपुर: मकवानपुर प्रहरीले ठूलो परिमाणको लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
आज आइतबार बिहान करिब ८:१५ बजे प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोइन्टमा मनहरीबाट जितपुरतर्फ जाँदै गरेको बा २१ च ३०८५ नम्बरको योद्धा पिकअप गाडी चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो ।

गाडी चालक धादिङको गल्दी गाउँपालिका–८ बस्ने ३१ वर्षीय रामबहादुर तामाङलाई शंका लागी तलासी गर्दा गाडीको पछाडिको भागमा लुकाइ–छिपाई ल्याइएको अवस्थामा ११ वटा पोकामा १२५ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजा सहित तामाङलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.