मकवानपुर: किरात देवास राई उत्थान समाज नेपाल जिल्ला कार्यसमिति मकवानपुरको छैठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। शुक्रबार हेटौंडा उपमहानगरपालिका–६, कल्याणटार राईटोलस्थित आदिवासी जनजाति सामुदायिक भवनमा जिल्ला अधिवेशन सम्पन्न भएको हो।
कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष आसमान राई, वडा अध्यक्ष विष्णुबहादुर दाहाल, आदिवासी जनजाति महासङ्घ मकवानपुरका अध्यक्ष जङ्गबहादुर गुरुङ, केन्द्रीय उपाध्यक्ष राजमान राई, देवास राई भाषा शिक्षक विष्णुबहादुर राई, पूर्व केन्द्रीय उपाध्यक्ष तथा देवास आवाज सम्पादक सूर्यबहादुर राई, किरात राई यायोक्खाका जिल्ला अध्यक्ष कृष्णबहादुर राईलगायतले सम्बोधन गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष लव राईले राखेका थिए भने सञ्चालन जिल्ला सचिवले गरेका थिए।

कार्यक्रमका क्रममा सल्लाहकार गोपाल राई, सम्पादक सूर्यबहादुर राई, सांस्कृतिक कार्यक्रम संयोजनमा सहयोग गर्ने कृष्णा राई र छत्रबहादुर तामाङ, साथै एसईईमा ए प्लस अङ्क हासिल गर्ने क्रिस्टिना राई, पृथका राई र आभास राईलाई सम्मानपत्र प्रदान गरिएको थियो।

बन्द सत्रमा जिल्ला अध्यक्ष बद्रीबहादुर राईले प्रगति विवरण र कोषाध्यक्ष होमबहादुर राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। अधिवेशनले बद्रीबहादुर राईको अध्यक्षतामा १६ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष लव राई, अजय राई, भीम राई, सचिव रामहरी राई, सहसचिव राजकुमार राई, कोषाध्यक्ष हेमकर्ण राई, सदस्य अन्जु राई, निर्मला, सावित्री राई, इन्द्रबहादुर राई, जयराम राई, शिवबहादुर राई, हरेराम राई, इन्द्रकुमार राई, शिवबहादुर राई ९चौघडा० र कृष्णबहादुर राई रहेका छन्।

नवनियुक्त पदाधिकारीहरूले किरात देवास राई समुदायको उत्थान, भाषा–संस्कृति संरक्षण र विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।























