नवनियुक्त मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

मकवानपुर: बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन्। मंगलबार अपराह्न बसेको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत पाएका हुन्।

बानियाँलाई सत्तासाझेदार दलहरू कांग्रेसका ३७ मध्ये ३६ र एमालेका २७ गरी ६३ सांसदले विश्वासको मत दिएका छन्। विश्वासको मत प्राप्त गर्न ५६ सांसदको समर्थन आवश्यक रहेकामा मुख्यमन्त्री बानियाँले ६३ मत पाएका हुन्। कांग्रेसका सांसद रामकृष्ण चित्रकार अनुपस्थित हुँदा कांग्रेसका ३७ मध्ये ३६ सांसदले उनलाई मत दिए।

मंगलबारको बैठकमा प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले मुख्यमन्त्री बानियाँको विश्वासको प्रस्तावको पक्षमा ६३ र विपक्षमा २२ मत खसेको सदनलाई जानकारी गराए। ७ सांसद तटस्थ बसेका थिए भने १८ जना सांसद अनुपस्थित भएका थिए।

११० सदस्य रहेको बागमती प्रदेश सभामा मंगलबारको बैठकमा ९२ जना सांसद मात्रै उपस्थित थिए। प्रदेश सभामा २ सांसद रहेको हाम्रो नेपाली पार्टीका सबै सांसद अनुपस्थित भए।

प्रदेश सभामा सत्ता साझेदार दलहरु कांग्रेसका ३७, एमालेका २७ सांसदसहित प्रतिपक्षी दलहरु माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र नेमकिपाका ३ सांसद छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.