इंग्लिस प्रिमियर लिग फुटबल : आज पाँच वटा खेल हुँदै

इंग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समयअनुसार बेलुका सवा ५ बजे शीर्ष स्थानको आर्सनल र दशौँ स्थानको बर्नमाउथ खेल्दैछन् । लिगमा आर्सनल ३५ खेलमा ८० अङ्कका साथ शीर्ष स्थानमा छ ।

त्यस्तै बेलुका पौने ८ बजे ब्रेन्टफोर्ड र फुलहम, बर्नली र न्यूक्यासल तथा सेफिल्ड यूनाइटेड र नटिङघम फरेस्टबीच खेल हुनेछ । राति सवा १० बजे दोस्रो स्थानको म्यानचेस्टर सिटी र एघारौँ स्थानको उल्भ्सबीच खेल हुनेछ ।

सिटी ३४ खेलमा ७९ अङ्कका साथ दोस्रो स्थानमा छ । उसले शीर्ष स्थानको आर्सनलभन्दा एक खेल कम खेलेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.