

२२ बैशाख २०८० ,शुक्रबार
मकवानपुर जिल्लाको बागमती गाउँपालिका वडा न. २ मा कृषकहरुलाई अनुदान रकम वितरण गरिएको छ । शुक्रबार राईगाउँ बजार स्थित २ नं. वडा कार्यलयमा भएको कार्यक्रम वडा अध्यक्ष जनक पहरीको सभाध्यक्ष र गाउँपालिका अध्यक्ष सर्केश घलानकाे प्रमुख अातिथ्यतामा वितरण गरिएकाे थियाे ।
कृषकहरुलाइ प्रोत्साहन गर्ने उदेश्यले बाग्मती गाउँपालिका कार्यालय र वडाबाट सांढे १७ लाख बराबरको उन्नत जातको ३४ ओटा गाई वितरण गरिएको थियो । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष घलानले भन्नू भयो “अब हामी आत्म निर्भर बन्न कृषि उद्पादनमा जोड दिनु पर्छ ।” गाउँपालिका भित्र रहेको कयौं बिगाहा जग्गा सिंचाइको अभावमा उद्पादन बिहिन भएको भन्दै यसलाई प्रयोग गरेर उद्पादन युक्त बनाउनु पर्ने बताउनु भयो। जनताको जीवन स्तर उकास्न आफू सदैब किसानसंग जोडिरहने पनि प्रष्ट पार्नु भयो ।
ब
यस कार्यक्रमले कृषकहरुले खरीद गरेको गाइको मुल्य बराबरको ७०% प्रतिशत रकम र साथमा ५ लिटरको गाइलाइ खुवाउने क्याल्सियम जनहीरुपमा वितरण गरिएका छन। साथमा २०७९/०८० को बजेटबाट विनियोजन भएको रकम ४ लाख ५० हजारले ९ वटा २ इन्चको मोटर ,३९ ओटा ड्रम खरिद गरि कृषि समुहलाइ वितरण गरिएको छ। यस कार्यक्रममा बागमती गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत झम्कनारायण घलान, ४ नं. वडा अध्यक्ष दन्तलाल माझी, दुग्ध सहकारी सस्थानको पदाधिकारीहरु कृषि प्राबिधिक ,पशु बिज्ञहरु लगायत कृषक समुहको सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
