सुर्य मा.वि.का विद्यार्थीलाई गाेलभेडा खेती तालिम

बागमती गाउँपालिकाका विद्यार्थीहरुलाई दुईदिने गोलभेडा खेति सम्बन्धी तालिम दिएको छ । बागमती गाउँपालिकाको आर्थिक सहयोग र सहयोग र सरोकार धुलिखेल काभ्रेको प्राविधिक सहयोगमा वडा नं १ सुर्य माविका विद्यार्थीहरुहरुलाई पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत तालिम दिएको हो ।
विद्यार्थीहरुहरुलाई प्लाष्टीकको घर निमार्ण गरि गोलभेडा खेती गरिने तथा समुहमा आबद्ध रहेर कृषि कार्य गदै पढ्दै कमाउँदै गर्ने उद्धेश्यले यस तालिमको आयोजना गरेको सहयोग र सरोकार मकवानपुरका फिल कोर्अडिनेटर विजय बजगाईले जानकारी दिनु भयो ।
तालिममा विद्यार्थीहरुलाई गोलभेडाको नर्सरी बनाउने देखि बाँसको टनेल बनाउने सैदान्तिक र  व्यवहारिक ज्ञान प्रदान गरेको सहयोग र सरोकार धुलिखेल काभ्रेका कृषि संयोजक तथा प्रशिक्षक रोशन प्रजापतिले जानकारी दिनु भयो ।

बागमती गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष यूहन्ना राईले तालिममा सिकेका कुरालाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन सक्नु पर्नेमा जोड दिनुभयो । उहाँले पढ्दै कमाउदै कार्यकमले विद्यार्थीहरुलाई ठुलो टेवा पुग्ने विस्वास लिएको बताउनु भयो । उहाँले अध्ययन पछि बिदेश जाने युवाबर्ग स्वदेशमै आयआर्जन गर्न यस तालिमले टेवा पुग्ने उहाँको भनाई रहेको थियो । उहाँले भन्नुभयो,‘ व्यवसायीक खेति तर्फ लाग्न यो तालिमले सहयोग पुग्नेछ,थप आवश्यक सहयोग गर्न वडा तयार रहेको प्रतिवद्वता व्यक्त गर्दछु ।’

दुई दिने तालिम भए पनि तालिम निक्कै उपलब्धिमुलक भएको प्रशिक्षणमा सहभागी विद्यार्थीहरुले  प्रतिकृया दिएका थिए  । यस तालिममा गोल भेडाको नसरी देखि गोलभेडा कटनी सम्म निरन्तर दिने समेत जनाएको थिए । यस्तै वडाका सयपत्री महिला कृषक समुहका २० जना महिलाहरुलाई समेत अचार बनाउने तालिम दिएको छ । सो तालिममा २० जनाको सहभागिता रहेको थियो ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.