हेटौंडाबाट लागुऔषध र नगदसहित तीन जना पक्राउ

मकवानपुर: जिल्ला प्रहरी कार्यालय मकवानपुरले करिब ३ ग्राम ९८० मिलिग्राम खैरो हेरोईनजस्तो देखिने लागुऔषध र नगदसहित तीन जनालाई पक्राउ गरेको छ।

२०८२ साउन २९ गते बिहान करिब ९:३५ बजे हेटौडा उप–महानगरपालिका–४ नारायणी मल पछाडिको भित्री सडकमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।

सो क्रममा बा।प्र। ०३–००६ प २६४५ नम्बरको स्कुटरमा सवार सोही वडाका ३० वर्षीय विवेक खड्का र २६ वर्षीय सुशान्त मैनालीलाई शंकास्पद अवस्थामा फेला पारेर तलासी गर्दा १ ग्राम ७३० मिलिग्राम खैरो हेरोईन बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक सोधपुछका क्रममा विवेक खड्काको मिलनचोकस्थित घरमा थप लागुऔषध रहेको जानकारी पाएपछि प्रहरीले कोठाको ताल्चा खोलेर तलासी लिँदा २ ग्राम २५० मिलिग्राम खैरो हेरोईन र नगद ३ लाख १७ हजार रुपैयाँ फेला पारेको हो।

त्यस क्रममा लागुऔषध र नगदसहित भाग्न खोजिरहेका हेटौडा–१० बस्ने ४२ वर्षीय सन्तोष कार्कीलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बरामद सामग्रीसहित तीनै जनालाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.