बागमती–२ का निउरेघारी र स्याङ्गलेमा विद्युत् तथा सडकको अवस्था अवलोकन

मकवानपुर: मकवानपुरको बागमती गाउँपालिका–२ अन्तर्गत निउरेघारी र स्याङ्गले क्षेत्रमा विद्युत् तथा सडकको अवस्था अवलोकन गरिएको छ। सोमबार अवलोकनका क्रममा स्थानीयवासीसँग भेटघाट गरी उनीहरूका आवश्यकता, समस्या तथा गुनासाहरू बुझिएको छ।

बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, वडा नम्बर २ का अध्यक्ष जनक पहरी, वडा नम्बर ३ का अध्यक्ष कमान सिंह पाख्रिन, वडा नम्बर ४ का अध्यक्ष दन्तलाल माझी ‘किरण’, नेपाली कम्युनिष्ट पार्टी बागमती गाउँपालिका इन्चार्ज ज्ञानसागर ब्लोन, अध्यक्ष अरुण बल तथा वडा नम्बर २ का पार्टी अध्यक्ष राजकुमार सेन्चुरी लगायतको टोली अवलोकनमा सहभागी थियो।

भौगोलिक रूपमा विकट रहेका निउरेघारी क्षेत्रका केही स्थानमा जमिन भासिएका ठाउँ अवलोकन गर्नुहुँदै अध्यक्ष घलानले सडकको समस्या समाधान गर्दै विद्युत् विस्तार हुन बाँकी केही घरमा चाँडै विजुली पुर्याउने प्रतिबद्धता जनाउनुभएको छ। वर्षायाममा बाढीपहिरोले क्षती पुर्याएको स्थानहरुमा गाउँपालिकाले पुन: सडक सरसफाइ तथा मर्मत गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.