विद्युत्‌मा भ्याट खारेज र बक्यौता उठाउन माग गर्दै उनेपाको हेटौंडामा हस्ताक्षर अभियान सुरु

मकवानपुर: उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न र डेडिकेटेड तथा ट्रंक लाइनको लामो समयदेखिको बक्यौता उठाउन माग गर्दै सुरु गरेको हस्ताक्षर अभियान हेटौंडामा पनि सुरु भएको छ।

सोमबारबाट हेटौंडामा पार्टी मकवानपुरको आयोजनामा हस्ताक्षर अभियान सुरु गरिएको हो।


पार्टीले विद्युत् महसुलमा लगाइएको भ्याट तत्काल हटाउनुपर्ने र डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापत उद्योगीहरूबाट उठ्न बाँकी रहेको महसुल उठाउन सरकारले तदारुकता देखाउनुपर्ने माग अघि सारेको छ। सरकारलाई पटक-पटक सुझाव दिँदा पनि बेवास्ता गरिएकाले दबाब सिर्जना गर्न सडकमा उत्रिनुपरेको पार्टीको भनाइ छ। भदौ १ गते माइतीघरबाट सुरु भएको यो हस्ताक्षर अभियान अहिले देशभर सुरु गरिएको छ।

पार्टी मकवानपुरका अध्यक्ष सुरेन्द्र लामाको सभाध्यक्षता रथा प्रदेश कमिटीका सचिव रामप्रसाद कालाखेतीको प्रमुख आतिथ्यतामा हस्ताक्षर अभियान सुरु भएको हो। पहिलो चरणको अभियान एक हप्तासम्म चल्ने जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.