फरार कैदी बागमती-५ का परियारलाई पुनः कारागार पठाइँदै

मकवानपुर: चोरी (मोटरसाइकल) मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बेला फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

मकवानपुरको बागमती गाउँपालिका–५, ज्यामिरे निवासी २५ वर्षीय शिशिर परियारलाई खोजतलासका क्रममा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

परियारविरुद्ध चोरी (मोटरसाइकल) मुद्दामा मकवानपुर जिल्ला अदालतको मुद्दा नं. ०८१-C१-०३०६ अन्तर्गत १ लाख रुपैयाँ धरौटी तोकिएको थियो। धरौटी रकम बुझाउन नसकेपछि उनी कारागार कार्यालय भीमफेदी चलान भएका थिए।

मिति २०८२/०९/१४ गतेको अदालतको फैसलाअनुसार उनी १ वर्ष ३ महिनाको कैद सजाय भुक्तान गरिरहेका थिए। यसक्रममा जेन्जी आन्दोलनका बेला उनी कारागारबाट फरार भएका थिए। फरार प्रतिवादीलाई पक्राउ गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
परियारको दाजुभाई नै चोरी र डाँकाको मुद्दा लागेको केही समय अघि उनको दाईलाई प्रहरीले डाँका मुद्दामा पक्राउ गरिएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.