साना किसान हर्नामाडीद्वारा पाइल्स सम्बन्धि स्वास्थ्य शिविर

हेटौंडा,चैत १० गते । हेटौंडा १८ हर्नामाडीमा रहेको साना किसान कृषि सहकारी संस्थाले गुप्त रोग पाइल्ससम्बन्धि मंगलबार एकदिने नि:शुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन गरेको छ । सहकारीले आफ्नो १६ औं स्थापनाको अवसरमा स्वास्थ शिविर सञ्चालन गरेको हो ।

एन्जल फाउन्डेसन बाराको प्राबिधिक सहयोग रहेको स्वास्थ शिविरमा ८० जनाले स्वास्थ्य जाँच गराएका छ्न् । स्वास्थ जाँच गराएकाहरुलाई निशुल्क औषधि समेत बितरण गरिएको थियो ।

फाउन्डेसन मार्फत आएका फरिस्ता क्लिनिक प्राली मोरङ्का डाक्टर मनिष कुमार यादव र आर्युर्बेद डाक्टर दिपेन्द्र प्रसाद यादवद्वयले बिरामीको स्वास्थ जाँच, उपचारका साथै रक्त परिक्षण समेत गरेको थियो ।

उपचार गराएकामध्ये १६ जनामा भने शल्यक्रिया गर्नुपर्नेसम्म रहेको फाउन्डेसनका बजार ब्यवस्थापन सुशान्त पाठकले बताउनुभयो । पाठकका अनुसार नेपालका ३० प्रतिशत मानिसलाई पाइल्स रोगबारे थाहै नहुने र बाँकी ७० प्रतिशत मानिसहरु लजाउने बानीका कारण  समयमै उपचार नभइ त्यसले पछि थप जटिलता ल्याउनसक्ने खतरा भएको बताउनुभयो ।

आजमात्र शिविरमा आएका अधिकांशलाई पाइल्स रोग देखा परेको बताईएको छ । जटिल समस्या देखा परेका बिरामीलाई  आवश्यक परामर्श दिई शल्यक्रिया गर्न सुझाव समेत दिइएको फाउन्डेसनका बजार ब्यबस्थापक पाठकले बताउनुभयो ।

के हो पाइल्स ?
पाइल्स, जसलाई हेमोरोइड्स पनि भनिन्छ, मलद्वार वा मलद्वारमा सुन्निएको र सुन्निएको रक्तनली हो। यो एक सामान्य अवस्था हो जसले असुविधा, पीडा, चिलाउने र मलद्वारबाट रक्तस्राव निम्त्याउन सक्छ। मलद्वारको नसामा बढेको दबाबको कारणले पाइल्स विकसित हुन्छ, जुन प्रायः दीर्घकालीन कब्जियत, लामो समयसम्म बसिरहनु, दिसा गर्दा तनाव हुनु, गर्भावस्था वा मोटोपन जस्ता कारकहरूले गर्दा हुन्छ।

यसका लक्षणहरु
पाइल्स (बवासीर) का प्रमुख लक्षणहरूमा दिसा गर्दा रगत आउनु (चम्किलो रातो), मलद्वार वरिपरि चिलाउने वा पोल्ने, सुन्निने वा मासुको गाँठो देखिनु, र दिसा गर्दा पीडा हुनु हुन्। यस्तो समस्यामा दिसा गर्दा अप्ठ्यारो हुनुका साथै मल त्याग पछि पनि केही बाँकी रहेको महसुस हुन सक्छ।
यी लक्षणहरू देखिनासाथ जीवनशैली र खानपानमा सुधार गर्नुपर्छ, र समस्या बढेमा तत्काल डाक्टरसँग परामर्श लिनुपर्छ।

उपचार बिधि
सुरुमा त रोग लाग्न नदिनु नै उत्तम हो, जसका लागि खानपान र जीवनशैली बदल्नुपर्छ । स्वस्थ्य खानपान र जीवनशैलीले यस्तो समस्या आउँदैन ।
पाइल्सको समस्या छ भने चाहि त्यसको प्रकृति अर्थात श्रेणी अनुसार उपचार विधी अपनाउनु पर्छ । सामन्य स्थितीमा खानपान, जीवनशैली, व्यायाम आदिबाट यसको निदान खोज्न सकिन्छ । योग, आर्युवेद, प्राकृतिक चिकित्सा आदिबाट पनि पायल्सको निदान खोज्न सकिन्छ ।
पेटको सरसफाईमा ध्यान दिने, रेसायुक्त वा फाइबरयुक्त खानेकुरा खाने, पर्याप्त पानी खाने, स्वस्थ्य भोजन तालिका अपनाउने, व्यायाम गर्ने जस्ता बानीले पाइल्सबाट छुटकारा पाउन सकिन्छ ।

बोसोयुक्त, तारेको, भुटेको, मसलेदार, मासुजन्य, दुधजन्य, मैदाबाट बनेका, कार्बोनेटेड पेयपदार्थ आदिको सेवन गर्नु हुँदैन । मदिरापान, धुमपानले पनि यसलाई जटिल बनाउँन सक्छ ।
सुपाच्य खानेकुरा सेवन गर्ने । फाइबरयुक्त खानेकुरा जस्तै हरियो सागपात, सलाद आदि पर्याप्त मात्रामा लिने । ताजा फलफूलको सेवन गर्ने । पर्याप्त पानी पिउने । दाल पिउने । मकै, गहुँ, फापरको रोटी आदि उपयोगी हुन्छ ।

नियमित रुपमा शौच क्रिया गर्ने बानी बसाल्नु पर्छ । दिसा गर्दा बल गर्नु हुँदैन । रक्तश्राव भएको छ भने मलद्वारमा बरफले मालिस गर्दा ठीक हुन्छ । रक्तश्राव नभएको अवस्थामा भने तातो पानीमा मलद्वार डुबाएर बस्नुपर्छ । सहन सक्ने तातो पानीमा १५, २० मिनेट जति बस्नुपर्छ । दिसा गरिसकेपछि राम्ररी धोई तातोपानीले सेक्ने गर्नुपर्छ । मिठो मसिनो भन्दा खस्रो-मोटो खानेकुरा सेवन गरौं । रेसा र चोकरयुक्त खाद्यपदार्थ उपयोगी हुन्छ ।

सहकारीका अध्यक्ष रेखा खतिवडाले संधै एकै प्रकारको भन्दा केही फरक गर्ने सोचले यसबर्ष पाइल्ससम्बन्धि १ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बताउनुभयो । शिविरमा सोचेभन्दाबढीले स्वास्थ जाँच गराएको उहाँको भनाई छ ।

कार्यक्रममा  सहकारी सञ्चालक समिति, सल्लाहकार , ब्यबस्थापक माधव पुडासैनी, स्वास्थकर्मी टोली र स्थानीयहरुको सहभागीता रहेको थियो । यसअघि सहकारीले स्थापना दिवसको अवसरमा हर्नामाडीका १५ वटा टोल विकास संस्थालाई डस्ट्बिन वितरण,एन्जल फाउन्डेसनकै प्राविधिक सहयोग प्राथमिक स्वास्थ उपचार एंव हार्ट एट्याक् आएका ब्यक्तिलाई बचाउन दिईने सिपिआर बिधि सिकाइएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.