बंश गोपाल सहकारीको १८ औं स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न

पुष १७, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नंं.१८ मा रहेको बंश गोपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । सहकारीले आज बिहिबार हर्नामाडी क्षेत्रमा रहेको सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्टेशनरी सामाग्री हस्तान्तरणसंगै सहकारीका पूर्व कार्यससिमिति सदस्यहरुलाई कदरपत्रसहित सम्मान गरेको हो ।

सहकारीले ज्योति माध्यामिक विद्यालयबाट ४ जना, गोरक्षनाथ माध्यामिक विद्यालयबाट ३ जना र कमला आधारभूत विद्यालयका ३ जना गरी १० जना गरिब जेहेन्दार विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण गरिएको थियो ।

यसैगरी विभिन्न मितिमा कार्यसमिति सदस्य पदमा रहि संस्थालाई योगदान पु¥याएवापत पूर्व समिति सदस्यहरु वाशुदेव आचार्य, बोधप्रसाद गुरागाईँ, शंकर परियार, गंगा कोईराला, रुपा गुरुङ, स्व.भरत परियार, कल्पना गुरागाईँ, कृष्ण बहादुर सिलवाल र प्रर्मिला अर्याललाई कदरपत्रसहित सम्मान गरिएको थियो । यसअघि पुष १५ गते सहकारीले गुरुकुलका बटुकहरुसंग एकदिन बिहानको भोजन कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बोल्दै सहकारीका कोषाध्यक्ष इमान बहादुर थापाले संस्थाको काम बचत र ऋणको मात्र कारोबार गर्ने नभई सामाजिक कार्यहरुमा पनि संस्था अग्रसर रहेको बताउनुभयो । सहकारीको मर्म नै एकापसमा सहकार्य गर्नु रहेको बताउँदै उहाँले सबैजना गोलबद्ध हुनु आवश्यक रहेको उहाँको भनाई छ ।

संस्थाका अध्यक्ष अरुण कुमार खतिवडाले वि.स.२०५५ साल पुष १७ गते समूहको रुपमा स्थापना भएको सहकारी वि.सं.२०६५ सालमा विधिवत् रुपमा डिभिजन सहकारी कार्यालय हेटौंडामा दर्ता भएको मितिबाट स्थापना दिवस मनाउदै आईरहेको बताउनुभयो । त्यसबखत् रु. १० हजार रुपैयाँबाट सुरु गरिएको सहकारीले हाल ११ करोडबढीको कारोबार गर्न सफल भएको अध्यक्ष खतिवडाको भनाई छ । बचत गर्ने र ऋण लगानी गर्ने उद्धेश्यअनुरुप संस्थाले ऋण लगानीलाई १५ लाख पुर्‍याईएको बताउनुभयो ।

त्यसैगरी संस्थाले सामाजिक कार्यहरु पनि गर्दै आइरहेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई एसईईसम्म छात्रवृत्ति, एसईईमा उत्कृष्ट हुने छात्रछात्रलाई सम्मान, स्विटर वितरण, वृद्धवृद्धालाई सम्मान तथा लौरो वितरण, वृक्षारोपण, वृद्धाश्रममा खाद्यान्न वितरण, सरसफाई एवं रक्तदान कार्यक्रम लगायत कार्यहरु गरिएको र आगामी कार्यक्रमहरुपनि सोही अनुरुप नै अगाडी लैजाने अध्यक्ष खतिवडाले बताउनुभयो ।

संस्थाका उपाध्यक्ष माधवनारायण तुलाधरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा समिति पदाधिकारी, लेखा समिति, ऋण उपसमिति, शिक्षा उपसमिति, महिला उपसमिति , शेयर सदस्यहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । संस्थामा हाल सदस्य संख्या १ हजार १ सय जना रहेका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.