ग्याँस व्यवसायी संघको शुभकामना आदान प्रदान तथा भित्रे पात्रो विमोचन कार्यक्रम सम्पन्न

हेटौडा । मकवानपुर ग्याँस ब्यवसायी संघले आज २०८१ सालको भित्रे पात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा ग्याँस व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष विनोदमान श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने मकवानपुर ग्यास व्यवसायी संघका उपाध्यक्ष नवीन लामाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

२०८१ सालको शुभकामना आदान प्रदान गर्न अतिथिहरु मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्री अनिल अग्रवाल उद्योग तर्फका उपाध्यक्ष श्री प्रमोद सि रानाभाट, बस्तुगत तर्फका उपाध्यक्ष श्री राजु अधिकारी, एशोसिएट तर्फका उपाध्यक्ष श्री उज्वल चौलागाई,तयारी पोशाक व्यवसायी संघ मकवानपुरका अध्यक्ष श्री नेत्र खतिवडा,डिलर एशोसिएसन मकवानपुरका अध्यक्ष श्री अमित श्रेष्ठ,होटल एशोसियसन मकवानपुरका अध्यक्ष तथा मकवानपुर ग्याँस ब्यवसायी संघका निबर्तमान अध्यक्ष श्री दिलिश गोविन्द जोशी, उपाध्यक्ष श्री कल्याण पौडेल, साहारा ग्याँस उद्योगका प्रबन्धक खड्क थापा,मदिरा व्यवसायी संघ मकवानपुरका पूर्व अध्यक्ष श्री सर्वेन्द्र पौडेल र संघका सल्लाहकार पदाधिकारी सदस्यहरुको उपस्थिती रहेको कार्यक्रम मकवानपुर ग्याँस ब्यवसायी संघका अध्यक्ष केशव मुडभरीको अध्यक्षतामा हेटौडामा सम्पन्न भएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.