बागमतीले गर्‍यो तेस्रो चरणमा ३५ खेलाडी छनौट (नामावलीसहित)

बागमती: मकवानपुरको बागमती गाउँपालिकाले पुरुष फुटबल टिम तयार पार्न तेस्रो चरणमा ३५ जना खेलाडीहरु छनौट गरेको छ। आइतबार ३५ जना खेलाडीहरुको नामावली सार्वजनिक गर्दै पालिकाले प्रशिक्षणमा सहभागी हुन भनिएको हो।

शुक्रबारबाट आइतबारसम्म सहिद स्मृति रंगशालामा वडा नम्बर १ देखि ९ सम्मका १५ वर्षदेखि २१ सम्ममा खेलाडीहरु छनौट गर्न सुरु गरिएको थियो। ३५ जना खेलाडीहरुलाई प्रशिक्षणमा उपस्थित हुन भनिएको छ। असोज ६ गतेदेखि ८ गतेसम्म सहिद स्मृति रंगशालामा प्रशिक्षण हुने पालिका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले बताउनुभयो । फुटबल प्रशिक्षक मेघराज केसीको नेतृत्वमा खेलाडी छनौट गरिएको हो। खेलाडी छनौटको पहिलो दिन ९० जनाभन्दा बढी खेलाडीहरु सहभागी भएका थिए ।

आइतबारको खेलाडी छनौट कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङ, मकवानपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरुण बल, बागमती खेलकुद विकास समितिका उपाध्यक्ष मुक्ति लामा र सदस्य आकाश लोप्चन लगायतको उपस्थिति रहेको थियो।

आफ्नै लगानीमा रंगशाला तयार पारिसकेको बागमतीले व्यवसायीक रुपमा खेलाडी उत्पादन गर्न एकेडेमी पनि सञ्चालन गर्दैछ। बागमती गाउँपालिकाले खेलकुदमा प्राथमिकता राख्दै आइरहेको छ। केही समय अघि बागमती गाउँपालिका राष्ट्रिय खेलकुद विकास परिषद्को ६२ औं वार्षिकोत्सबमा देशभरकै उत्कृष्ट स्थानीय तहको रुपमा पुरस्कृतसमेत भएको थियो। बागमती गाउँपालिकाले अब आठौं संस्करणको राष्ट्रिय बागमती गोल्डकपको तयारी पनि थाल्दैछ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.