बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा: चित्लाङले मछिन्द्रलाई हरायो

मकवानपुर: मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौं संस्करणको बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ। मंगलबार सहिद स्मृति रंगशालामा भएको खेलमा चित्लाङ एफसीले काठमाडौंकै मछिन्द्र एफसीलाई १-० गोलले हराएसँगै प्रतियोगिताको सेमिफाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो।

चित्लाङको जीतमा एरोन थापाले ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। प्लेयर अफ दि म्याच थापा घोषित भए। उनले १० हजार प्राप्त गरे।

हारसँगै मछिन्द्र प्रतियोगिताबाट बाहिरिएको छ। मछिन्द्र छैठौं बागमती गोल्डकपको विजेता हो भने गत संस्करणको उपविजेता टोलीसमेत हो।

सेमिफाइनल प्रवेश गरेको चित्लाङले बिहीवार सिमराको नव जनजागृती क्लबसँग खेल्नेछ । प्रतियोगिताको सेमिफाइनल खेलहरु भोलिदेखि सुरु हुनेछ। पहिलो सेमिफाइनलमा भोलि बुधबार फ्रेन्ड्स क्लब, ललितपुर र बागमती युथ क्लब सर्लाहीबिच प्रतिस्पर्धा हुनेछ।

फाइनल खेल बैशाख २६ गते हुनेछ। प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्टहरुले २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.