रास्वपा बागमतीको निर्णय: बैशाख ८ देखि १३ गतेसम्म वडा भेला गर्ने

बागमती: राष्ट्रिय स्वतन्त्र पार्टी बागमती गाउँपालिका समितिले पार्टी वडा समितिको भेला गर्ने निर्णय गरेको छ। आइतबार बसेको नियमित बैठकले वडा भेलाहरु गर्ने निर्णय गरेको पालिका पार्टी समितिका सभापति सुजन पाख्रीनले बताउनुभयो।

सभापति पाख्रीनका अनुसार बैशाख ८ गतेदेखि १३ गतेसम्म बागमतीका ९ वटै वडामा वडा भेला गर्ने तयारी छ। वडा नम्बर १ र २ मा ९ गते, ४ नम्बर र ५ नम्बर वडामा ११ गते, ६ र ८ नम्बरमा १०गते, ७ नम्बरमा ८ गते, ३ नम्बरमा १३ गते र ९ नम्बरमा १२ गते वडा भेला गर्ने भएको छ। भेलाले नयाँ नेतृत्व चयन गर्ने पाख्रीनले बताउनुभयो ।

आइतबार भएको नियमित बैठकमा पार्टी प्रदेश समिति सदस्य सुनिता राई, क्षेत्र नम्बर १ का सदस्य होम बहादुर थापा लगायत पार्टी पालिका समिति र वडा समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.