सभामुखमा रास्वपाका उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित

मकवानपुर: प्रतिनिधि सभाको नयाँ सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन्।

दिउँसो २ बजेसम्ममा अर्यालको मात्रै उम्मेदवारी परेपछि निर्विरोध सभामुखमा चयन भएका हुन्।

संसद् सचिवालयले बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो। अर्यालको प्रस्तावक रास्वपा सभापति रवि लामिछाने र समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानूनमन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहेका छन्।

रास्वपा एक्लैको करिब दुई तिहाइ बहुमत भएकाले विपक्षी दलहरुले उम्मेदवारी दर्ता नै गराएनन्। अब आइतबार बस्ने प्रतिनिधि सभाको बैठकले औपचारिक रुपमा अर्याललाई सभामुख निर्वाचित भएको घोषणा गर्नेछ।

उम्मेदवारी दर्तापछि अर्यालले आफूले नेपालको संविधान, कानुन र नेपाली जनताको हितअनुसार काम गर्ने प्रतिबद्धता जनाइसकेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.